एक्लै थिए

एक्लै थिए यात्रा भरी लक्ष्यहरु वाधी

हिड्दा हिड्दै दोवाटोमा परिदियो साझ

 

वास खोज्दा घर छैन अध्यारो छ संसार

भौतारिदै रात वित्यो पाईएन साथ

 

आखा खोली दुनिया हेर्छु देख्छु सवै खुशी

आफु भने भोक प्यासै कामीरहन्छ आत

 

आफ्नोहरु जाली रहेछन् वाचौ कसो गरी

मरौ भने जीउनुको लागिरहन्छ मात

 

देख्नु र भोग्नु छ पुरा केहि हुने होईन

गर्छु भन्ने सपनाको ब्यर्थै लाग्छ खात