छोडी जाने

छोडी जाने मान्छेले इमान छोडी गए

जीन्दगीमा अव कस्को लिउ भर

 

आफ्नो भन्ने सवै यहा पराइ सरी भए

साथ दिने यहा को नै पो छ र

 

खुशी भन्दा आफन्तले चोट धेरै दिए

त्यसैले त आफ्नो कै लाग्छ डर

 

हासी दिने मान्छे रुदा टाढा हुदै गए

नजिकिन खोज्दा यहा वन्नु प-यो पर

 

जाली मान्छेको जालझेल मै दर्वार वने

दुखियाको यहा छैन एउटा लुक्ने घर